मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असोज ८ शनिबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कास्की ९ हजार ७३५ जना मतदाता बढे 

Read Time : < 1 मिनेट
२०७९ असोज ८ शनिबार १९:११:००

स्थानीय तहको निर्वाचनपछि कास्कीमा ९ हजार ७३५ जना मतदाता थप भएका छन्। ३० वैशाख ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ जना मतदाता रहेकोमा आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनमा मतदाता थप भएपछि दुई लाख ९१ हजार ५६८ जना मतदाताले मतदान गर्ने भएकाे प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए। 

कुल मतदातामध्ये पुरुषको तुलनामा महिलाको संख्या १३ हजार ४८० बढी छ। पुरुष मतदाताको संख्या एक लाख ३९ हजार ४२ जना, महिला एक लाख ५२ हजार ५२२ जना र अन्य चारजना रहेका छन्। एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा प्रतिनिधिसभाका लागि तीन र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र रहेका छन्।

जिल्लाको क्षेत्र नम्बर १ मा कुल मतदाताको संख्या एक लाख १० हजार ७१५ जना रहेको छ। सोही क्षेत्रको प्रदेश क मा ५८ हजार ४४५ र प्रदेश ख मा ५२ हजार २७० जना मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा कुल मतदाता ७९ हजार १३८ जना रहेका छन्। सोही क्षेत्रको प्रदेश क मा ४२ हजार २८२ र प्रदेश ख मा ३६ हजार ८५६ जना मतदाता रहेका छन्। त्यसैगरी, कास्की क्षेत्र नम्बर ३ मा कुल मतदाताको संख्या एक लाख एक हजार ७१५ जना रहेका छन्। सोही क्षेत्रको प्रदेश क मा ५२ हजार ८६२ र प्रदेश ख मा ४८ हजार ८५३ जना मतदाता रहेका छन्।