१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ८ शनिबार १८:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संस्थापनसँग शेखर पक्षको आक्रोश- बन्दसूची नसच्चिए विद्रोह गर्छौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ८ शनिबार १८:१७:००

कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ। 

शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले सो निर्णय नच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सभाका बोल्दै नेता गुरुराज घिमिरेले पार्टीमा सबैलाई न्याय हुने गरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। 

उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए। 

नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरूलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्न सचेत गराए। 

उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरूलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईंहरूलाई पनि राम्रो हुनेछैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनुभएन भने पार्टीभित्र विद्रोह हुन्छ।’

अर्का नेता भूपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिए। 

उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणासमेत गरे। 

नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाइन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिँदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ।’

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरू विदोह गरेर अघि बढ्न बाध्य हुने बताए। 

सभापति शेरबहादुर देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए।

‘हामीलाई न्याय हुनु पर्यो । सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिकतर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढछौँ,’ उनले भने।