मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस न्यूयोर्क
२०७९ असोज ८ शनिबार १५:०३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

Read Time : < 1 मिनेट
रासस, न्यूयोर्क
२०७९ असोज ८ शनिबार १५:०३:००

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कास्मिर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेका छन्।

'हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौँ। दक्षिण एसियामा दिगो शान्ति र स्थिरता चाहेका छौँ। तथापि यो  कार्य भने जम्मु र कास्मिर विवादको न्यायपूर्ण र दिगो समाधानमा निर्भर रहन्छ,' उनले भने। भारत कास्मिरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अंग हो भन्ने आफ्नो लामो समयदेखि अडानमा अडिग रहेको छ।

'भारतले रचनात्मक संलग्नताको लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौँ र हामी सधैँभरि त्यहाँ छौँ, हामी शान्तिमा बस्ने कि एकअर्कासँग लडिरहने भन्ने छनोट हाम्रो हो,' पाकिस्तानी प्रधानमन्त्री सरिफले महासभामा भने।

‘सन् १९४७ यता हामीले तीनवटा युद्ध गरिसकेका छौँ र त्यसको फलस्वरूप दुवै पक्षमा दुःख, गरिबी र बेरोजगारी मात्र बढेको छ। अब हाम्रा मतभेद, समस्या र तिनको शान्तिपूर्ण वार्ता र छलफलबाट समाधान गर्ने जिम्मा पनि हाम्रै हो,' संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सम्बोधन गर्दै उनले बताए।

सरिफले देशमा भर्खरै आएको विनाशकारी बाढी र त्यसले पारेको असरका बारेमा पनि सम्बोधन गरेका छन्। 'यो बाढीमा ४०० भन्दा बढी बालबालिकासहित १५०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ। बाढीका कारण थुप्रै कुपोषणको जोखिममा छन्,' उनले भने।

पाकिस्तानमा बाढीका कारण एक करोड ८० लाख अमेरिकी डलरबराबरको नोक्सानी भएको छ भने प्रकोपबाट झन्डै ८० लाख मानिस विस्थापित भएका छन्।