१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस क्विटो
२०७९ असोज ८ शनिबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद

Read Time : < 1 मिनेट
रासस, क्विटो
२०७९ असोज ८ शनिबार १३:१८:००

ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले जानकारी दिएको छ।

८८ वटा सुटकेसमा प्याक गरिएको सो परिमाणको कोकिन बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको  अवस्थामा पक्राउ परेको इक्वेडोरका प्रहरी कमान्डर जनरल भिक्टर जराटेले  बताएका छन्। सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद भइसकेको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करीविरुद्धको लडाइँको घोषणा गरेका छन्।

बुधबार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गर्दै 'अन्तरराष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने' उल्लेख गरेका छन्।