१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ७ शुक्रबार १८:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर धनकुटामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असोज ७ शुक्रबार १८:३६:००

धनकुटा नगरपालिका– ६ पात्लेखोलानजिक शुक्रबार दिउँसो करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। घरमा ढोका बनाउने क्रममा विद्युतको लाइन सर्ट भएर धनकुटा नगरपालिका– ६ पाङसिङ बरबोटेका ५७ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो। 

उनी घर निर्माण र काठको काम गर्ने मिस्त्री हुन्। स्थानीय उद्धव कटुवालको घरमा बाथरुमको ढोका मर्मतको काम गर्ने क्रममा ड्रिल मेसिनबाट विद्युत् सर्ट भएर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा लगिएको थियो। 

अस्पतालमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले बताए। मृतक राईको लासलाई जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने क्रममा रहेको प्रहरीले बताएको छ। मृतक राईका श्रीमती, दुई छोरी र दुई छोरा छन्।