मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी पार्क डी फ्रान्स
२०७९ असोज ७ शुक्रबार १२:०३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेसन्स लिगमा फ्रान्सको पहिलो जित, क्रोएसिया शीर्षमा उक्लियो

Read Time : < 1 मिनेट
एजेन्सी, पार्क डी फ्रान्स
२०७९ असोज ७ शुक्रबार १२:०३:००

युइएफए नेसन्स लिगमा फ्रान्सले पहिलो जित हासिल गरेको छ । गएराति सम्पन्न लिग वानअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले अस्ट्रियालाई २–१ ले हराउँदै पहिलो जित हासिल गरेको हो ।

घरेलु टोलीलाई जित दिलाउन स्टार स्ट्राइकर केलियन एम्बाप्पे र ओलिभर जिरुडले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिएपछि फ्रान्स पुनः नम्बर गुमाउनेतर्फ अग्रसर देखिएका वेला ५६औँ मिनेटमा एम्बाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई खेलमा अग्रता दिलाए ।

जिरुडले दिएको पासमा तीन रक्षकलाई जिल्याउँदै एम्बाप्पेले बललाई जाली चुमाए । त्यसको नाै मिनेटपछि नै जिरुडले टोलीलाई २–० को अवस्थामा पुर्‍याए । 

एन्टोइन ग्रिजम्यानले दिएको पास सदुपयोग गर्दै उनले गोल गरे । अस्ट्रियाले एक गोल फर्काउँदै खेलमा पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । जिछपछि फ्रान्सले पाँच खेलबाट पाँच अंक पुर्‍याएको छ । यो जितपछि फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ ।

अस्ट्रिया भने समान खेलबाट चार अंकसहित तालिकाको पुछारमा छ । पहिलो स्थानमा क्रोएसिया तथा दोस्रो स्थानमा डेनमार्क छन् । गएराति नै भएको खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ गोलअन्तरले हरायो । 

क्रोएसियालाई जित दिलाउन बोरना सोसा र लोभरको माजेरले गोल गरे भने डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले एक गोल फर्काए । जितसँगै क्रोएसिया पाँच खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क भने समान खेलबाट नाै अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।