१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका हेटाैंडा
२०७९ असोज ७ शुक्रबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मकवानपुर दुर्घटनाका मृतक ६ जनाको सनाखत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
२०७९ असोज ७ शुक्रबार १०:५१:००

बिहीबार दिउँसो २:३० बजे मकवानपुरको भीमफेदी गाउँपालिका– ६ स्थित एघार घुम्तीमा भएको यात्रुबाहक मिनीबस दुर्घटनामा मृत्यु हुने सातमध्ये ६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षीय अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुरगढी– ३ का ४३ वर्षीय मदन विक, पर्साको वीरगन्ज– ३१ का ४२ वर्षीय हृदयनारायण पञ्जियार र भारत मोतीहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा.३ख ७८५८ नम्बरका बस जुरिखेतस्थित एघार घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । ३३ जना सवार रहेको बस दुर्घटनाका घाइते २६ घाइतेमध्ये गम्भीर तीनजनाको भरतपुरमा र २३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।