मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ७ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंक र  भन्सारविरुद्ध व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
२०७९ असोज ७ शुक्रबार १०:१९:००

चर्को ब्याज र अवैध सामान ओसारपसारविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण व्यापार, व्यवसायमा गिरावट आएका वेला बैंकले ब्याजदर बढाउँदा उद्योगी, व्यवसायी मर्कामा परेको भन्दै संघले चरणबद्ध आन्दोलन गर्न लागेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । अवैध सामान ओसारपसार नियन्त्रण र बैंकको चर्को ब्याजदरविरुद्ध संघले पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको छ ।  

पछिल्लो समय नेपालगन्जको व्यापार ८० प्रतिशतले घटेको अध्यक्ष अन्सुरीले बताए । ‘व्यापार, व्यवसाय नभएर ब्याज तिर्न नसकेर धितो राखेको जग्गा, जमिन र घर लिलाम हुने अवस्था छ । राष्ट्र बैंकको नीतिका कारण व्यापारीलाई मर्नु न बाँच्नु बनाएको छ,’ उनले भने । 

बैंकले लगानी र ब्याजदर बढाएर उद्योगी, व्यवसायीलाई हैरान पारेकै वेला नेपालगन्ज भन्सारले अवैध तस्करी रोक्न नसक्दा नेपालगन्जको व्यापार झनै धराशायी भएको संघका महासचिव चिरन्जीवी ओलीले बताए । ‘घरायसी सामान ल्याउने नाममा यहाँ दैनिक करोडौँको सामान भित्रिँदै छ । यसले एकातिर राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपालगन्जको व्यापार, व्यवसायलाई प्रत्यक्ष असर पारेको छ,’ उनले भने ।  

संघले मुल बाटोबाट सामान ल्याउने बातावरण मिलाउन आग्रह गरेको छ । संघका अध्यक्ष मन्सुरीले अवैध सामान ओसार पसार हुने मुहान रोकिनु पर्ने धारणा राखे । ‘अवैध सामान नियन्त्रण गर्न नाकामा बसेका सुरक्षाकर्मी र भन्सार कर्मचारी नै तस्करसँग मिलेको आशंका छ,’ उनले भने ।