मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
समाचार डिजिटल संस्करण

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७९ असोज ६ बिहीबार १६:१३:००

रुकुम पूर्वको भूमे गाउँपालिका– ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग.१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ।

भूमे– २ को खावाङ बगरनजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिए। मृतकको सनाखत हुन र घाइतेहरूको परिचय खुल्न बाँकी छ।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिए पनि दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।