Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ६ बिहीबार १५:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै खुम्चियो कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ६ बिहीबार १५:३३:००

बुधबार दोहोरो अंकले बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ। 

सेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अंकले घटेर १८  सय ३८ दशमलव ९६ बिन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घट्नुका साथै कारोबार रकम पनि खुम्चिएको छ। दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ६५ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

समग्रमा बजार राताम्मे हुँदा साम्लिङ पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। यस्तै, सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ भने प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को सेयर झन्डै १० प्रतिशतले घटेको छ।