मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ६ बिहीबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई र युएनसिडिएफबीच अनुसन्धान समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ६ बिहीबार ०६:२८:००

आइएमई र युनाइटेड नेसन क्यापिटल डेभलपमेन्ट फन्ड –युएनसिडिएफ)बीच अनुसन्धान समझदारी भएको छ । सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै संस्थाबीच सहकार्य हुने समझदारी भएको हो । समझदारी विशेषतः महिला रेमिट्यान्स प्राप्तकर्ताका समस्या र ती समस्याका न्यूनीकरणमा केन्द्रित हुने आइएमईले जनाएको छ । डिजिटल वालेटमा महिलाको पहुँच बढाउन र ग्रामीण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत यो समझदारी उपयोगी हुने आइएमईले जनाएको छ । महिलाहरूको वित्तीय पहुँच बढाउने उद्देश्यसमेत समझदारीमा समेटिएको छ । 

समझदारीपछि आयोजित कार्यक्रमलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईका सुरुवाती दिनको स्मरण गर्दै रेमिट्यान्स सेवा उद्यमको रूपमा विकसित भई नागरिकको शिक्षा, स्वास्थ्यलगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको उल्लेख गर्दै सन्देश पठाएको जनाइएको छ । कार्यक्रममा सम्बोधन गर्दै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । युएनसिडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा 
आकर्षित गर्ने उनले विश्वास व्यक्त गरेका थिए । 

सन् २०२१ को सुरूवातदेखि आइएमई र युएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेको जनाइएको छ । सर्वेक्षण एवं अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिट्यान्स प्राप्तकर्ताका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको आइएमईले जनाएको छ ।