मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ६ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्न कस्ता प्रक्रिया पूरा गर्नुपर्छ ?

अर्थ ज्ञान

Read Time : < 1 मिनेट
२०७९ असोज ६ बिहीबार १०:३३:००
  •      व्यापारिक उद्देश्यले आयात गर्न चाहनेको हकमा प्राइभेट/साझेदारी फर्महरू भए वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा, कम्पनीको हकमा कम्पनी रजिस्ट्रारको कार्यालयमा र उद्योगको हकमा उद्योग विभागमा आफ्नो फर्म, कम्पनी वा उद्योग दर्ता गर्नुपर्छ ।
  •      एजेन्सी भई कार्गोको हकमा वाणिज्य तथा आपूर्र्ति व्यवस्था विभागमा एजेन्सी दर्ता गर्नुपर्छ ।
  •      मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र ।
  •      पैठारी गरिने मालवस्तुको परिमाण र मूल्यलगायतका विषयमा बिक्रीकर्तासँग भएको सम्झौतापत्र वा प्रोफर्मा बीजक हुनुपर्छ ।
  •      प्रोफर्मा बीजक वा सम्झौतापत्रसहित संलग्न राखी प्रतीतपत्र खोल्न बैंकमा निवेदन दिनुपर्छ ।
  •      बैंकले पनि आफ्नो नियम र सर्तबमोजिम केही रकम धरौटी वा जमानत लिएर तोकिएको सर्त पूरा गरेमा मात्र सामान विक्रेताले विदेशस्थित बैंकबाट भुक्तानी पाउने गरी प्रतीतपत्र खोलिदिन्छ ।
  •      प्रतीतपत्र विदेशस्थित विक्रेताले प्राप्त गरेपछि मालवस्तु निजले चलान गरिदिन्छ र यसरी चलान भएको कागजात नेपालको प्रतीतपत्र खोल्ने बैंकमा प्राप्त भएपछि प्रतीतपत्रमा उल्लेख भएको विदेशी मुद्राबराबरको नेपाली रुपैयाँ प्रतीतपत्र खोल्ने पार्टीले बैंकमा बुझाउनुपर्छ ।
  •      प्रतीतपत्र खोल्ने बैंकले विविनि (विदेशी विनिमय नियन्त्रण) फारम–चारसहितका कागजात प्रमाणित गरी मालवस्तु आयात हुने भन्सार विन्दुमा सिलबन्दी गरी पठाउँदछ ।
  •      यिनै कागजात संलग्न गरी भन्सार प्रज्ञापनपत्र सम्बन्धित भन्सार कार्यालयमा पेस गरी दर्ता र सम्प्रेषण गरेपछि मालवस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु हुन्छ ।
  •      पैठारी मालवस्तुमा नियमानुसार लाग्ने महसुल, कर, शुल्क बुझाएपछि मात्र भन्सारबाट आफ्नो सामान लैजान पाउने कानुनी व्यवस्था छ ।
  •      भन्सार जाँचपासको प्रक्रिया पूरा गरी मालवस्तु जाँचपास गराउने कार्य मालधनी स्वयंले वा निजले अख्तियारी गरेको भन्सार एजेन्टले मात्र गर्न पाउने व्यवस्था छ ।स्रोत : भन्सार विभाग