१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ६ बिहीबार ०८:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुबाट काठमाडौंमा हालसम्म चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ६ बिहीबार ०८:१०:००

डेंगु संक्रमणबाट काठमाडौंमा हालसम्म चारजनाले ज्यान गुमाइसकेका छन् भने बागमती प्रदेशमा मात्रै ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांकअनुसार बुधबारसम्ममा संक्रमणबाट ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक र धादिङमा एकजनाको मृत्यु भएको जानकारी दिए ।

यसैगरी, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा बिरामी भएका छन् ।

यसैगरी, काठमाडौंमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस