Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार २०:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बृहत् नागरिक आन्दोलनले माग्याे राष्ट्रपतिकाे राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार २०:४३:००

बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। 

नागरिक आन्दोलनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आन्दोलनले व्यवस्थालाई थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरेको छ।’

‘नागरिकको मतबाट निर्वाचित सार्वभौम संसद्ले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्नु संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन भएको बृहत् नागरिक आन्दोलनको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ। 

अनागरिकलाई नागरिकको पहिचान दिन ल्याइएको विधेयक अविलम्ब जारी गर्न सरकारले संवैधानिक बाटो खोज्नुपर्ने बृहत नागरिक आन्दोलनको ठहर छ।