१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका इस्लामावाद
२०७९ असोज ५ बुधबार १८:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिणी पाकिस्तानमा डेंगु महामारी, २७ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
२०७९ असोज ५ बुधबार १८:३३:००

पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ। यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु संक्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको हो।

यस संक्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ। पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ संक्रमित भएका विभागले मंगलबार साँझ जानकारी दिएको छ। 

सेप्टेम्बरमा बिरामीको संख्या तीन हजार ५ सय ९४ पुगेको छ। वर्षभरि कुल बिरामीको संख्या छ हजार एक ६३ पुगेको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेंगु संक्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ। 

यस वर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय संक्रमितको संख्या रहेकाे छ।  कुल संक्रमितको संख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ संक्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मंगलबार बिहान जानकारी दिएका छन्।