मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार १६:५१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले बढ्यो नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार १६:५१:००

सेयर बजार आज दोहोरो अंकले बढेको छ। केही दिनयता लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अंकमा पुगेको छ।

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेको छ। यीमध्ये पनि उत्पादन, विकास बैंक, बिमा र होटेल तथा पर्यटन समूहको सेयर उच्च अंकले बढेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता सेयर ७२ करोड १२ लाखबराबरको कारोबार भएको छ। आज साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।