Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको बिमा शुल्क क्युआरमार्फत तिर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार ०६:१६:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इसेवासँगको सहकार्यमा ‘डाइनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । सेवाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उद्घाटन गरेका हुन् । 

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरमार्फत आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवा सुचारु गरेको जनाइएको छ । यो सेवा सुचारु भएपछि नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बिमा कम्पनी बनेको दाबी गरेको छ । यो सेवामार्फत नेपाल लाइफका देशभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरका माध्यमबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरूमा पनि डिजिटल रूपान्तरणको अभ्यासलाई जारी राख्ने बताए । डाइनामिक क्युआर पेमेन्ट सिस्टमबाट बढीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिने जनाइएको छ । यो सेवामा बिमितले ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।