१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी म्यान्मार
२०७९ असोज ५ बुधबार १०:०८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विद्यालयमा हवाई आक्रमण, १३ को मृत्यु  

Read Time : < 1 मिनेट
एजेन्सी, म्यान्मार
२०७९ असोज ५ बुधबार १०:०८:००

 म्यान्मारको मध्य उत्तर क्षेत्रको एक विद्यालय र गाउँमा सेनाले हेलिकोप्टरबाट गरेको गोलाबारीमा सात बालबालिकासहित १३ को मृत्यु भएको सहायताकर्मीहरूले बताएका छन् । 

गत शुक्रबार सागाङ क्षेत्रको एउटा विद्यालयमा सेनाले हेलिकोप्टरबाट गाउँ र विद्यालयमाथि गोली बर्साउँदा उनीहरूको मृत्यु भएको हो । म्यान्मारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर र विद्रोहीहरूमाथि निर्मम दमन गर्ने गरेको छ । म्यान्मारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर र विद्रोहीमाथि निर्मम दमन गर्ने गरेको छ ।

म्यान्मारमा पछिल्लो कुपछि २३ सयभन्दा धेरै मानिस सेनाबाट मारिएको बताइन्छ । युनिसेफको प्रतिवेदनअनुसार सागाङमा सेनाले केयौँ गाउँ जलाइदिएको छ । सैनिक कारबाहीका कारण यो क्षेत्रबाट करिब पाँच लाख सर्वसाधारण विस्थापित भइसकेका छन् ।