मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका इस्लामाबाद
२०७९ असोज ४ मंगलबार १८:३०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
२०७९ असोज ४ मंगलबार १८:३०:००

पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल गरेको छ। प्रधानमन्त्री शेहबाज सरिफ र रुसी राष्ट्रपतिबीच भर्खरै भएको भेटपछि आइतबार एक वरिष्ठ सरकारी अधिकारीले सो छलफलबारे जानकारी दिएका हुन्। समरकन्दमा भर्खरै भएको सांघाई सहयोग संगठनका क्रममा उनीहरूबीच भेट भएको हो।

'रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यताबारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको,' भन्ने पाकिस्तानी दाबीलाई एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ। पूर्वप्रधानमन्त्री इमरान खानले अप्रिलमा उनको पदच्यूतको पछाडि अमेरिकाको हात रहेको आरोप बारम्बार लगाउँदै आएका छन्।

तत्कालीन प्रधानमन्त्री इमरानले ‘स्वतन्त्र विदेश नीति’ अपनाएकामा विशेष गरी रुससँगको सम्बन्धलाई गहिरो बनाएकामा सजाय पाएको बताउँदै आएका छन्। द एक्सप्रेस ट्रिब्युनका अनुसार शहबाज र पुटिनबीचको भेटपछि रुसी पक्षले जारी गरेको नोटमा इमरान र उनका समर्थकहरूले अमेरिकाको 'कठपुतली' सरकार भनेर आरोप लगाउँदै आएको नयाँ सरकारसँग मस्को काम गर्न इच्छुक नभएको कुनै संकेत भने दिइएको छैन। रुसी कम्पनी र कुलीन वर्गलाई प्रतिबन्ध लगाएर र अन्यलाई व्यापारिक कालोसूचीमा थपेर युक्रेनविरुद्धको युद्धका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सजाय दिन संयुक्त राज्य अमेरिकाले सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ।