Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ४ मंगलबार १८:२९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपालको विद्युत् यहीँ खपत हुँदा अर्थतन्त्रमा १० गुणा योगदान गर्छ : कुलमान घिसिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ४ मंगलबार १८:२९:००

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत् निर्यात गर्ने उद्देश्य नभएको बताएका छन्। 

मंगलबार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्। 

उनले विद्युत् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे। 

उनले नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे। 

घिसिङले विद्युत् खपत बढाउनका लागि हरेक घरमा खाना पकाउनेदेखि सवारीसाधनसमेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए। 

उनले नेपालमा नै विद्युत् खपत गर्न  सके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पुर्‍याउने बताए। घिसिङले विद्युत् निर्यात गरेरभन्दा विद्युत् खपत गरेर अर्थतन्त्रमा बढी योगदान पुग्ने जिकिर गरे। 

उनले विद्युत् प्राधिकरणले पछिल्लो सय दिनमा ७ अर्ब २० करोडबराबरको विद्युत् भारतमा निर्यात गरेको जानकारी दिए। 

घिसिङले विश्वमा विद्युत् संकट भएर युरोपमा १ युनिट विद्युतको करिब १ डलर मूल्य रहेको वेला नेपालले भारतमा विद्युत् निर्यात गर्नु मुलुकले विद्युतीय क्षेत्रमा ठूलो फड्को मारेको पुष्टि हुने बताए। 

उनले भने, ‘विद्युत् प्राधिकरणले करिब सय दिनमा ७ अर्ब २० करोडबराबरको विद्युत् भारतमा निर्यात गरेका छौँ। यो नेपालको लागि महत्वपूर्ण विषय हो। अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ। युरोपमा १ युनिट विद्युतको करिब १ डलर पर्ने अवस्था छ। यस्तो वेलामा नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको छ।’

उनले प्राधिकरणको मुख्य उद्देश्य विद्युत् निर्यात नभई विद्युत् खपत भएको बताए। उनले भने, ‘नेपालमा उत्पादित विद्युत् नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्ने हाे। विद्युत् खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ। घरमा खाना पकाउनेदेखि सवारीसाधनसमेत विद्युतीय प्रयोग गर्नुपर्छ। नेपालको विद्युत् नेपालमा नै खपत हुन्छ। त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ।’ 

निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारीसाधनसमेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा २० गुणा कम हुने दाबी गरे। उनले हरेक काममा विद्युत् प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत् खपत हुने बताए। 

उनले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत् खपत गर्न सक्दा करिब ५ खर्बबराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए। 

उनले विद्युतीय चार्जिङ स्टेसन देशभर बनाउने लहर चलाउनुपर्ने आवश्यकता रहेको बताए।  चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए।