Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी लन्डन
२०७९ असोज ४ मंगलबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

युनाइटेडका खेलाडी तथा स्टाफलाई फुड प्वाइजन

युरोपा लिगबाट फर्केपछि युनाइटेडका खेलाडी तथा स्टाफ ‘फुड प्वाइजन’बाट ग्रसित

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
२०७९ असोज ४ मंगलबार ११:५०:००

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले गत साता मोल्डोभानमा युरोपा  लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतिस्पर्धामा सान्चो तथा क्रिस्टियानो रोनाल्डोका गोलको सहयोगमा युनाइटेडले २–० को बाजी मारेको थियो । युरोपा लिगमा उत्कृष्ट सुरुवात गरेको युनाइटेड समस्यामा छ । युरोपा लिगबाट फर्केपछि युनाइटेडका खेलाडी तथा स्टाफहरूलाई ‘फुड प्वाइजन’ भएको छ । खेलाडी तथा स्टाफलाई माल्डोभा सहर वा हवाईजहाजको खानाले फुड प्वाइजन भएको आशंका गरेको छ । 

१२ खेलाडी तथा केही स्टाफ फुड प्वाइजनबाट ग्रसित भएका छन् । ‘खेलाडी तथा स्टाफलाई कुन खानाबाट फुड प्वाइजन भएको भन्ने थाहा पाउन सकेको छैन,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्भवतः होटेल वा हवाईजहाजको खानाले यस्तो भएको हुन सक्छ, हामी यसको अध्ययन गरिरहेका छौँ ।’ टोलीका मुख्य खेलाडीहरू बिरामी परेका कारणले युनाइटेडले प्रशिक्षण एक साता पछाडि सारेको छ । अर्को साता युनाइटेडले लिड्सको सामना गर्दै छ ।

युनाइटेडले एकैपटक ठूलो संख्यामा फुड प्वाइजन कसरी भयो भन्ने अनुसन्धान गर्ने भएको छ । गत शुक्रबार केही खेलाडीले सामान्य बिरामी भएको जनाउँदै प्रशिक्षण छाडेका थिए । तर, शनिबारसम्म सबैजसो फुड प्वाइजनको सिकार भए । 

प्रशिक्षक टेन हागको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । युनाइटेड ६ मध्ये पाँच खेलमा विजयी भएको छ । जसमा युनाइटेडले लिभरपुल तथा पाँच खेलसम्म अपराजित रहेको आर्सनलमाथि सानदार जित निकालेको थियो । युनाइटेडले दुई अक्टोबरमा साबिक विजेता म्यानचेस्टर सिटीको सामना गर्नेछ ।