१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी लन्डन
२०७९ असोज ४ मंगलबार ०९:२३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

महारानी एलिजाबेथको अन्त्येष्टि सम्पन्न

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
२०७९ असोज ४ मंगलबार ०९:२३:००

 बेलायतकी महारानी एलिजाबेथ द्वितीयको लन्डनको वेस्टमिन्स्टर एबेमा अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा स्कटल्यान्डको बाल्मोरल क्यासलमा निधन भएको थियो । उनी ९६ वर्षकी थिइन् । राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरी दिवंगत महारानीप्रति सम्मान गरिएको थियो ।

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही दिन पहिलेदेखि नै बेलायत पुुगिरहेका थिए । सन् १९६५ मा विन्स्टन चर्चिलको मृत्युपछि महारानीको अन्त्येष्टि बेलायतमा पहिलो राजकीय अन्त्येष्टि हो । एलिजाबेथ द्वितीयलाई अन्तिम बिदाइ गर्न ४८ घन्टाभन्दा बढी समयसम्म ज्येष्ठ नागरिक र केटाकेटीहरू पनि अन्त्येष्टि मार्गमा बसेका थिए । 

महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतका विश्वनेताहरू लन्डन पुगेका थिए । महारानीको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन बेल्जियमका राजा फिलिप, भुटानका राजा जिग्मे खेसर नाम्ग्याल, डेनमार्ककी महारानी, जापानका सम्राट् नारुहितो, जोर्डनका राजा अब्दुल्लाहलगायत विभिन्न मुलुकका राज परिवारका सदस्यहरूको उपस्थिति थियो ।

अमेरिकी महादेशका आठ देशका सरकार वा राष्ट्रप्रमुखले अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाएका थिए । युरोपका २० देशका सरकार वा राष्ट्र प्रमुखको उपस्थिति थियो भने अफ्रिकाका नौ देशबाट सरकारका राष्ट्र प्रमुख आएका थिए । एसियाबाट पनि भारतकी राष्ट्रपति, पाकिस्तानका प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपति उपस्थित थिए । चीनले उपराष्ट्रपति वाङलाई पठाएको थियो भने दक्षिण कोरियाकी राष्ट्रपति उपस्थित थिइन् ।