मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी लन्डन
२०७९ असोज ४ मंगलबार ०७:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबलमा समलिंगी बढिरहेको खुलासा

युरोकप २०२२ की गोल्डेन बुट विजेता इंग्ल्यान्डकी मिडले आफू महिलासँग आनन्दित हुने खुलासा गरिन्

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
२०७९ असोज ४ मंगलबार ०७:३२:००

इंग्ल्यान्ड महिला फुटबल टोलीकी स्टार खेलाडी बेथ मिडले आफ्नो कामुकताको बारेमा खुलासा गरेकी छिन् । मिडले आर्सनलबाट खेल्ने साथी भिभियान मिडेमासँग सम्बन्ध रहेको बताएकी छिन् । महिला फुटबलमा समलैंगिक हुनु सामान्य रहेको उनी मान्छिन् । इंग्ल्यान्डले महिला फुटबलमा ५७ वर्षपछि पहिलोपटक युरोकप २०२२ को उपाधि जितेको थियो । महिला फुटबलमा इंग्लिस महिला टोलीले अहिलेसम्म ठूलो सफलता हात पारेको यही नै हो ।

२७ वर्षीया मिडले पछिल्लो समयमा महिला फुटबलमा समलिंगी बढिरहेको र यसलाई सामान्य रूपमा लिएको बताएकी छिन् । स्काई स्पोर्टस्सँगको सोमबार भएको अन्तर्वार्तामा उनले पुरुषवादी संस्कारमा महिलाहरू खुलेर बाहिर आउन नसकिएको भनाइ राखेकी छिन् । ‘विश्वका हरेक कुनामा पुरुषप्रधान संस्कृति रहेको छ, यसै कारण समलिंगीहरू आफूलाई खुलस्त पार्न नसकेको जस्तो लाग्छ,’ उनले भनिन् । इंग्ल्यान्डको फुटबल इतिहासमा समलिंगीसँग जोडेर यस्तो किसिमको घटना मिडियामा आउनु पहिलो होइन ।

सन् १९९० मा ब्ल्याकपुलका जेक डेनियल र जस्टिन फसानुले आफूलाई समलिंगी बताउँदा इंग्ल्यान्डको फुटबलमा हलचल नै भएको थियो । अहिले युरोकप २०२२ कै नायक बनेकी मिडले प्रतियोगितामा म्यान अफ दी सिरिज तथा गोल्डेन बुटसमेत जितेकी थिइन् । मिडले पुरुषको अभावमा महिलाले पनि पूरा गर्न सक्ने जनाइन् । यसैगरी, समलिंगीको सहयोगमा पुरुषले पनि महिलाझैँ आनन्द उठाउन सक्ने दाबी गरेकी छिन् । 

उनले आफ्नो कामुकतासँगै लामो समयका लागि संघर्ष गरेको बताइन् । ‘अब यो विषयमा खुला भएर अगाडि आउनुपर्छ, यसमा अन्य खेलाडीले पनि आफ्नो कुरा राख्ने विश्वास लिएकी छु,’ उनले भनिन् । उनले गत महिना टाइम्ससँगको एक अन्तर्वार्तामा इंग्ल्यान्ड फुटबलकै लिजेन्ड बेकह्याम तथा उनकी पत्नी भिक्टोरिया पनि यस्तै वर्गमा पर्ने बताएकी थिइन् । ‘बेकह्याम र उनकी पत्नी भिक्टोरिया पनि लेस्बियन संसारका नयाँ ‘पोस र बेक्स’ मान्नुपर्छ,’ ठट्टा गर्दै मिडले भनिन् ।