मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ३ सोमबार १९:५१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चितवन गोल्डकपको उपाधि आर्मीलाई 

Read Time : < 1 मिनेट
२०७९ असोज ३ सोमबार १९:५१:००

चितवन गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ। नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

आर्मीको जितमा दुवै गोल सुदील राईले गरेका थिए। खेलको दोस्रो हाफको तेस्रो मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीको पासमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहँदा पुन: व्यक्तिगत दोस्रो गोल गरेका हुन्। उनै राईले खेलको म्यान अफ दी म्याच बन्दै नगद १० हजार रुपैयाँ प्राप्त गरे। 

गोल्डकपको विजेता आर्मीले सात लाख रुपैयाँ प्राप्त गरेको छ। भने उपविजेतामा सीमित एपिएफले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍याे। 

भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न यो प्रतियोगिता चितवनको लागि सबैभन्दा ठूलो नगद पुरस्कार भएको प्रतियोगिता हो। 

एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन्। गोल्डकपभरि सात गोल गरेका केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बन्दा त्रिभुवन आर्मी फुटबल क्लबका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए। उनीहरूले पुरस्कारस्वरूप जनही नगद २०-२० हजार रुपैयाँ प्राप्त गरेका थिए। 

इसुजु चितवन गोल्डकप–२०७९  अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा दुई ए डिभिजनका विभागीय टिम र दुई विदेशीसहित १० टिमले सहभागिता जनाएका थिए।

कोरोनाका कारण शिथिल खेलकुद गतिविधिलाई प्रतियोगिताले उकास्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको गोल्डकपका संयोजक ध्रुव भुसालले बताए।