१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकमा क्यास डिपोजिट मेसिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०४:००

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले कुनै पनि समयमा कुनै झन्झटविना नै खातामा रकम जम्मा गर्न तथा झिक्न सक्ने प्रविधिको क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । 

उक्त मेसिनबाट रकम जम्मा गर्दा एटिएम कार्डविना नै सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने जनाएको छ । मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुने हुनाले खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने जनाइएको छ । यो सुविधाले बंैकका ग्राहकलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बंैकले विश्वास व्यक्त गरेको छ । 

हाल बैंकले देशभरमा ७४ शाखा, पाँच विस्तारित काउन्टर, एक सय ५४ एटिएम र ६ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा दिँदै आएको जनाएको छ ।