Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेले ४६ जनालाई गोल्डस्टार जुत्ता उपहार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार ०६:०५:००

आइएमई पे र किरण गोल्डस्टार सुजबीच व्यवसाय प्रवद्र्धनको सम्झौता भएको छ । आइएमई पे डिजिटल दसैँ–तिहार २०७९ क्याम्पेनमा हरेक दिन एकजनालाई गोल्डस्टार जुत्ता उपहारस्वरूप प्रदान गर्ने सम्झौता भएको हो ।

 यसका साथै प्रयोगकर्ताहरूले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा हरेक जोडीमा २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाएको जनाइएको छ ।  

आइएमई पेको दसैँ क्याम्पेनमा हरेक दिन एक भाग्यशाली विजेताले रिडिमेबल भौचर कोड पाउने जनाइएको छ ।उक्त कोड प्रयोग गरी विजेताहरूले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । तर, यसका लागि विजेताले डेलिभरी चार्ज भने तिर्नुपर्ने सर्त राखिएको छ ।