१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बजोर्न इहलर
२०७५ चैत १२ मंगलबार ०८:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

श्वेत राष्ट्रवादको विश्वव्यापी खतरा

Read Time : > 2 मिनेट
बजोर्न इहलर
२०७५ चैत १२ मंगलबार ०८:१८:००

गतहप्ता एकजना उग्र–दक्षिणपन्थी अतिवादीले न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा प्रार्थना गरिरहेका ५० जना मुस्लिमको गोली हानी हत्या गरे । श्वेत सर्वोच्चता होस् वा प्रेरित आतंकवादी आक्रमण होस्, दुवै नौला परिवेश होइनन् । तर, अझै पनि उग्र–दक्षिपन्थी अतंकवादविरुद्धको प्रतिक्रिया पर्याप्त छैन । न्युजिल्यान्डमा भएको नरसंहारपछि प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्वेत राष्ट्रवाद ‘धेरै सानो समूहको मुद्दा’ भएको भन्दै श्वेत राष्ट्रवादको खतरालाई अस्वीकार गर्ने प्रयास गरेका छन् । 

वास्तवमा, ट्रम्पको प्रतिक्रिया त्यस्तो बृहत् प्रवृत्तिसँग जोडिएको छ, जहाँ मुस्लिम पृष्ठभूमि भएका मानिस आक्रमणमा संलग्न भएको भए त्यस घटनालाई तत्कालै आतंकवादको संज्ञा दिइन्थ्यो । अनि, यस्तो घटनालाई पूर्ण तयारी तथा व्यवस्थित तवरबाट सम्बोधन गरिन्छ । अर्कोतर्फ, अन्य आदर्शको नाममा हुने हिंसात्मक आक्रमणलाई ‘फरक घटना’का रूपमा व्याख्या गरिएको छ । तर, न्युजिल्यान्डमा भएजस्ता घटनालाई फरक घटनामा लिन सकिन्न । ‘ग्लोबल टेरोरिजम इन्डेक्स २०१८’का अनुसार उग्र–दक्षिणपन्थी समूह वा व्यक्तिसँग सम्बद्ध आतंकवादी आक्रमणका घटना सन् २०१४ यता निरन्तर बढिरहेका छन् । इस्लामिक अतिवादीले भन्दा दक्षिणपन्थी अतिवादीले अमेरिकामा धेरै हिंसात्मक हमला गरेका छन् । 

न्युजिल्यान्डको क्राइस्टचर्चमा भएको आक्रमण सन् २०११ मा नर्वेमा भएको उग्र–दक्षिणपन्थी आतंकारी हमलाबाट प्रेरित भएको पाइएको छ । नर्वेमा भएको हमलामा भाग्यले बाँच्नेमध्ये म पनि एकजना थिएँ । क्राइस्टचर्चका मस्जिदमा हमला गर्ने आक्रमणकारी बे्रन्टन टारन्टले नर्वे हमलामा ७७ जना मानिसको हत्या गर्ने आन्द्रेस ब्रेइभिकबाट आफूले आशीर्वाद पाएको दाबी गरेका छन् ।

टारन्टको श्वेत सर्वोच्चतावादी आदर्श व्यक्ति ब्रेइभिक मात्र होइनन् । क्राइस्टचर्चस्थित दुई मस्जिदमा आक्रमण गर्नु ठीकअघि उनले सार्वजनिक गरेको पर्चामा डाइलान रुफजस्ता अन्य उग्र–दक्षिणपन्थी अतिवादीबाट आफू प्रभावित भएको जिकिर टारन्टले गरेका छन् । डाइलान रुफ तिनै अतिवादी हुन्, जसले सन् २०१५ मा अमेरिकाको साउथ क्यारोलिनास्थित एक चर्चमा नौजना अफ्रिकी–अमेरिकीको गोली हानी हत्या गरेका थिए । 

यसर्थ, क्राइस्टचर्च मस्जिदमा भएको नरसंहारको घटनालाई मानसिक असन्तुलन भएको व्यक्तिविशेषले गरेको हमला भनी मान्न सकिन्न । विगतयताका आक्रमणको विकासक्रमलाई हेर्दा मानसिक असन्तुलन भएको व्यक्तिबाट आक्रमण भन्ने दाबी गलत साबित हुन्छ । खासमा, नर्वे, अमेरिका तथा न्युजिल्यान्डमा भएका आक्रमण स्पष्ट रूपमा एउटा बृहत् प्रवृत्तिका अंश हुन् । यसकारण, आतंकवादविरुद्धका सम्पूर्ण कदम यसप्रकारको उग्र–दक्षिणपन्थी अतिवादी प्रवृत्तिविरुद्ध पनि चाल्न आवश्यक छ । यसका लागि सर्वप्रथम, बढ्दो उग्र–दक्षिणपन्थी राष्ट्रवाद, रंगभेद र भोटका लागि कुनै समुदाय विशेषलाई होच्याएर गरिने राजनीतिबीचको सम्बन्धका रूपमा बुझ्न जरुरी छ । अभैm पनि, यस्ता मुद्दा धेरै समाजका सार्वजनिक बहसको दायरामा पर्न सकेका छैनन् । 

इस्लामिक अतिवादीले झैँ श्वेत सर्वोच्चतावादी पनि विभिन्न देशका सीमा पार गरेर संगठित भइरहेका छन् र एक–अर्काका सन्देशलाई थप व्यापक तथा मजबुत बनाइरहेका छन् । यसरी बढिरहेको श्वेत आतंकवादको खतराविरुद्ध कदम चाल्ने सवालमा यस्ता गतिविधिलाई मध्यनजर राख्नुपर्छ ।
 

कोफी अन्नान फाउन्डेसनमातहतको ‘आतंकवादविरुद्धको सामूहिक प्रयासका लागि युवा सहभागिताको पहल’मा आबद्ध म र मेरा सहपाठी बढ्दो उग्र–दक्षिणपन्थी अतिवादका घटनालाई चिन्ताका साथ नियालिरहेका छौँ । आतंकवादी हमलाबाट जोगिएर बाँच्नुको अनुभव हामीमध्ये धेरैले गरेका छौँ । आप्रवासीले अमेरिकालाई प्रताडित बनाए भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनीले आप्रवासी तथा अन्य मानिस नीच दर्जाका मानव जाति हुन् भन्ने आशय जगाइरहेको पनि हामीलाई थाहा छ । यसर्थ, क्राइस्टचर्च हमलाका आक्रमणकारी टारन्टले आफ्नो पर्चामा ट्रम्पलाई ‘श्वेत पहिचानको नवीकृत प्रतीक तथा साझा उद्देश्य’ भनी प्रशंसा गर्नु कुनै आश्चर्य रहेन । यसैगरी, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायत नेताका अभिव्यक्तिले पनि उग्र–दक्षिणपन्थी अतिवादलाई प्रोत्साहन गरिरहेको छ, जसले दूरगामी परिणाम निम्त्याउनेछ । 

इस्लामिक अतिवादीले झैँ श्वेत सर्वोच्चतावादी पनि विभिन्न देशका सीमा पार गरेर संगठित भइरेरहेका छन् भने एक–अर्काका सन्देशलाई थप व्यापक तथा मजबुत बनाइरेका छन् । यसरी बढिरहेको श्वेत आतंकवादको खतराविरुद्ध कदम चाल्ने सवालमा सीमा पार भइरहेका यस्ता गतिविधिलाई मध्यनजरमा राख्नुपर्छ । यस्तो प्रवृत्तिविरुद्ध लड्न इस्लामिक आतंकवादविरुद्ध चालिएकै कदम चाल्न जरुरी छ ।

यसका लागि सरकार र नागरिक समाजले आफूबीचको समन्वय र सूचना आदन–प्रदानलाई बलियो बनाउनैपर्छ । यस कार्यमा मिडियाले पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । घृणा फैलाउने आफ्नो सन्देशको प्रभाव बढाउन आक्रमणकारी टारन्टले मस्जिद हमलाको फेसबुक लाइभ नै गरे । तर, क्लिकको लोभमा धेरै समाचार संस्थाले आक्रमणकारीको सो भिडियोको अंश पोस्ट गरे । यस्तो कार्यले तिनै आक्रमणकारीको सन्देशलाई थप फैलाउँछ भन्ने हेक्कासमेत समाचार संस्थाले राखेनन् । आतंकवादको समर्थक र आतंकवाद फैलाउने साधन बन्नेभन्दा आतंकवादी प्रचारबाजी रोक्न समाचार संस्थाले तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्छ । 

अतिवादको साधन नबनी पत्रकारले सन्तुलित र नितान्त निष्पक्ष रिपोर्टिङ गर्न जरुरी छ । यसमा बहसको आवश्यकता पर्न सक्छ र यस्तो बहसको स्वागत गर्नुपर्छ । यसैगरी, फेसबुकजस्ता प्लाटफर्मले पनि जिम्मवेवारी बहन गर्नुपर्ने हुन्छ । आजको डिजिटल प्रविधिले प्रत्यक्ष तथा उच्च प्रभावकारी च्यानल सम्भव भएकाले वास्तविक समयमा विश्वव्यापी प्रयोगकर्तासमक्ष आतंकवादी पुग्न सक्छन् । त्यसैले, फेसबुक तथा अन्य सामाजिक सञ्जालले आफ्नो भागको जिम्मेवारी निभाउनैपर्छ । साथै, आतंकवादीबाट आफ्ना प्लाटर्फमको दुरुपयोग रोक्ने उपायको खोजी गर्न पनि त्यति नै आवश्यक छ ।

उग्र–दक्षिणपन्थी अतिवाद बढे पनि विश्वका अधिकांश मानिससामु एक–आपसमा फाटो ल्याउनेभन्दा एकीकृत गर्ने आधार धेरै छन् । गरिबी, जलवायु परिवर्तन, महामारीविरुद्ध प्रभावकारी रूपमा लड्न मात्र नभएर जातीय, साम्प्रदायिक तथा धार्मिक रूपमा देखिएका विचलनविरुद्ध लड्न पनि मुलुकबीच अन्तरसीमा सहकार्य अपरिहार्य छ । सबै प्रकारका अतिवादविरुद्ध हामी एक हुनैपर्छ । आतंकवादीलाई मजलज पु¥याउने हाम्रा नेतासहितका घृणा फैलाउने अभिव्यक्तिविरुद्ध हामी सबै एकजुट हुनैपर्छ । 

 Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य