मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस एजेन्सी
२०७९ असोज २ आइतबार २०:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको पहिलो मंगल अन्वेषण अभियान सफल

Read Time : < 1 मिनेट
रासस, एजेन्सी
२०७९ असोज २ आइतबार २०:०९:००

चीनको पहिलो मंगल अन्वेषण अभियान सफल भएकाे छ। चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले पहिलो मंगल अन्वेषण अभियान सफल भएकाे आइतबार जनाएको छ।

सिएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ।

चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ। एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्यांक प्राप्त गरेको छ।

तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन्। सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलोपटक पृथ्वीमा यान अवतरण गरेको थियो।