मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्स्पेक्टरको लिखित परीक्षामा २१५ उत्तीर्ण (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १९:१४:००

नेपाल प्रहरीकाे प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । १० मंसिर ०७८ को विज्ञापनअनुसार लोकसेवा आयोगले २२ जेठ ०७९ मा परीक्षा सञ्चालन गरेको थियो । 

लिखित परीक्षामा २१५ जना उत्तीर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेसी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तीर्ण भएका छन्।

उत्तीर्ण उम्मेदवारहरूलाई ९ असोजमा प्रहरी अस्पताल महाराजगन्जमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ।