१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १८:११:००

यातायात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमति-पत्र (लाइसेन्स) लिनका लागि अनलाइन फाराममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। 

सवारीचालक अनुमति-पत्र आवश्यक परेमा अबदेखि अनलाइन फाराममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए। 

उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रूपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रूपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्न सक्नेछन्। निवेदकले सवारीचालक अनुमति-पत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।