१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १६:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन विभागको महानिर्देशकमा त्रिपाठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १६:५९:००

वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा देवेशमणि त्रिपाठीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा सरुवा भएका उनले आइतबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै महानिर्देशक त्रिपाठीले वन विभागको ‘लिगेसी’लाई घट्न नदिने प्रतिबद्धता जनाए। मुलुक संघीय संरचनामा रहेको अवस्थामा वनका संघ र प्रदेशबीचका निकायबीच समन्वयलाई प्राथमिकता दिने उनले बताए।

‘थाती रहेका योजना, कार्यक्रम क्रमशः नियमानुसार अगाडि बढाउँछु। वन विभाग र डिभिजनल वन कार्यालयलाई जोड्छु,’ उनले भने।

त्रिपाठी यसअघि वन विभागको उपमहानिर्देशक थिए। त्यसपछि सुदूरपश्चिम प्रदेश वन मन्त्रालयका सचिव बनेका उनी हालै मात्र वन तथा वातावरण मन्त्रालयमा आएका थिए।

यसअघि महानिर्देशक रहेका डा. राजेन्द्र केसीको सरुवा वन मन्त्रालयमा मिलाइएको छ। वनमन्त्री प्रदीप यादवले गत सोमबार केसीलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकमा सरुवा गरेका थिए। तर, महानिर्देशकलाई उपमहानिर्देशक बनाइएको भन्दै तीव्र आलोचना भएपछि सरुवा संशोधन गरिएको हो।