१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संजित परियार काठमाडौं
२०७९ असोज २ आइतबार १५:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जितिया पर्व मनाउँदै थारू समुदायका महिला (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ असोज २ आइतबार १५:३४:००

थारू समुदायले आज जितिया पर्व मनाएका छन्। थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने यो पर्वको आज उपवास व्रतको मुख्य दिन हो। थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाइन्छ।

झाम्टानाच नाच्दै–गाउँदै जितिया पर्व मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाले मनाउने तिजजस्तै थारू समुदायमा पनि जितिया पर्वलाई अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।

व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन्। त्यसपछि साँझपख सबै व्रतालु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रही आएको छ ।

तस्बिरहरू :