मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २ आइतबार १४:०३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘मुक्तिनाथ आशीर्वाद बचत खाता’बाट एक करोड एक लाखसम्मको बिमा सुविधा लिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २ आइतबार १४:०३:००

मुक्तिनाथ विकास बैंकले सर्वाधिक एक करोड एक लाख रुपैयाँसम्मको बिमा सुविधा दिने योजना सञ्चालनमा ल्याएको छ। निक्षेपकर्ताको हितलाई ध्यानमा राख्दै एक करोड एक लाखसम्मको बिमा सुविधा दिने गरी बैंकले ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको हो।

उक्त खाताको गोल्ड क्याटगोरीमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्दा आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारका दुई सदस्यका लागि ३० लाख गरी कुल ५१ लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन्। उक्त खाताको प्लाटिनम क्याटगोरिमा न्यूनतम एक लाख मौज्दात राखेर खाता खोल्दा आफ्ना लागि २१ लाख र परिवारका चार सदस्यहरूका लागि ८० लाख गरी कुल एक करोड एक लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन्।

मुक्तिनाथ आशीर्वाद बचत खाताको गोल्ड र प्लाटिनम दुवै क्याटगोरीमा खातावालाहरूले विभिन्न १५ वटा बैंकिङ सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन्। बिमा सुविधाअन्तर्गत आवधिक बिमा, दुर्घटना बिमा र १८ वटा घातक रोगको बिमा हुने बैंकले जनाएको छ।