१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
शिल्पा कर्ण काठमाडौं
२०७९ असोज २ आइतबार ११:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्च फर्कने चोलेन्द्रको खबर, गेटमै राेक्ने कानुन व्यवसायीकाे तयारी

Read Time : < 1 मिनेट
२०७९ असोज २ आइतबार ११:०४:००

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सर्वोच्च परिसरले धेरैकाे ध्यान तानेकाे छ ।

उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायी गेटमा धर्नामा बस्ने तयारीमा छन् । सर्वोच्च गेटमै व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जबराले ११ बजे सर्वोच्च पुग्ने तयारी गरेपछि तनाव बढ्ने सम्भावना देखिएको छ। 

जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले हिजो साँझ सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको केहीबेरमै उनले सर्वोच्च प्रशासनमा सम्पर्क गरी आफू आइतबारबाट नियमित जिम्मेवारीमा फर्कने भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । 

दुवै बारमा आबद्ध कानुन व्यवसायीले भने निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्ने तयारी गरेका छन् । त्यसअघि चोलेन्द्रले सर्वोच्चका कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई निर्देशन दिएको थाहा पाएपछि न्यायाधीशहरू र बारका पदाधिकारी आन्तरिक छलफलमा जुटेका थिए । 

संसदीय छानबिन समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको सुरक्षा गर्न सरकारले पनि भूमिका खेल्नुपर्ने निष्कर्षसहित बारका पदाधिकारी जबर्जस्ती गर्न खोजे गेटमा धर्नामा बस्ने निष्कर्षमा पुगेका हुन् ।