मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २ आइतबार १०:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डेंगुबाट बालबालिकालाई कसरी जोगाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २ आइतबार १०:४१:००
डा. विमल शर्मा चालिसे प्रमुख कन्सल्टेन्ट फिजिसियन (शुुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु)

डेंगु जोसुकैलाई पनि हुन सक्छ । र, यसले सबै उमेर समूहका व्यक्तिलाई गलाउँछ । विशेष गरी बालबालिका पनि बाहिर खुला ठाउँमा खेल्न जाँदा लामखुट्टेको टोकाइबाट संक्रमणको चपेटामा पर्न सक्ने जोखिम रहन्छ ।

त्यस्तै, वृद्धवृद्धामा रोगसँग लड्ने शक्ति कम हुन्छ । विभिन्न संक्रमण फैलँदा अवस्था जटिल पनि बन्न सक्छ ।

प्रायः वृद्धवृद्धा मधुमेह, सुगर, मुटु, मिर्गौलालगायत दीर्घरोगका बिरामी पनि हुन सक्छन् । एउटा रोगका बिरामीमा अर्को रोग थपिएमा गाह्रो हुन सक्छ । 
बच्ने उपाय

  • बालबालिका र वृद्धवृद्धालाई लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाइदिने । 
  • लामखुट्टे आउने ठाउँमा नपठाउने/नराख्ने । 
  • लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने ।
  • बालबालिका र वृद्धवृद्धालाई सुताउँदा झुलभित्र मात्र सुताउने ।  
  • घरवरपरको सरसफाइमा ध्यान दिने । 

समस्या देखिए के गर्ने ?

  • कडा ज्वरो आउने, ज्वरो नघट्ने आँखाको गेडी दुख्ने, बान्ता आउने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण डेंगुका कारण पनि देखिएको हुन सक्छ । यस्ता समस्या देखिएमा  तुरुन्तै चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने । 
  • अन्य समस्या छैन, ज्वरो मात्र आएको हो भने घरमै आराम गराउने, उमेरअनुसारको पारासिटामोल खुवाउने ।
  • झोलिलो तथा पोषिलो खाना खुवाउने । 
  • पर्याप्त पानी खुवाउने ।