१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज १ शनिबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैनापोखरी उद्योग वाणिज्य संघको अध्यक्षमा दाहाल

Read Time : < 1 मिनेट
२०७९ असोज १ शनिबार १४:१०:००

दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाको अध्यक्षमा राजनकुमार दाहाल सर्वसम्मत चयन भएका छन्। संघको शुक्रबार सम्पन्न सातौँ साधारणसभाको बन्दसत्रले अध्यक्षमा दाहालसहित सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन गरेको हो।

संघको उपाध्यक्षमा रितबहादुर खड्का, सचिवमा पुण्यप्रसाद चौलागाईं र कोषाध्यक्षमा शान्तिप्रसाद रिमाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा नारायणबहादुर अधिकारी, शारदा दाहाल, रत्न सार्की, रुद्रप्रसाद उप्रेती, पुण्यबहादुर घतानी, जयप्रसाद न्यौपाने, चक्रबहादुर घतानी र शालिग्राम सिवाकोटी सर्वसम्मत चयन भएका दोलखा उद्योग वाणिज्य संघका सचिव बिमल श्रेष्ठले जानकारी दिए।