१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १ शनिबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन घाइते 

Read Time : < 1 मिनेट
२०७९ असोज १ शनिबार १०:३४:००

तनहुँमा भएको दुई छुटाछुटै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जा हरिनास गाउँपालिका– ५ बस्ने ४० वर्षीय केश बहादुर थापा रहेका छन् ।

शनिबार रिसिङबाट भिमादतर्फ जाँदै गरेको ग ३ च २१२९ नम्वरको बोेलेरो जीप सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । दुर्घटनामा परी चालक थापाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।  जीप सडकबाट २५ मिटर तल खसेको थियो ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका– १ गुणादीमा धादिङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख २७०७ नम्वरको ट्रक आफै अनियन्त्रित भइ दुर्घटना भएको छ । दुर्घटनामा परी म्याग्दे गाउँपालिका– २ जामुने बस्ने ४० वर्षीय अमिर खड्का, ट्रकका हेल्पर धादिङ सिद्धलेख गाउँपालिका– २ नालाङ बस्ने ३७ वर्षीय कृष्ण रम्तेल  र ट्रकमा सवार पाँचथरका १६ वर्षीय दिपेश लिम्वु रहेका छन् ।

उनीहरुको उद्धार गरी तत्कालै दमौली अस्पताल पठाइएकोमा त्यहाँ सामान्य उपचार गरी गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको डिएसपी खड्काले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको छ । ट्रकले सिमेन्ट बोकेर ल्याएको थियो ।