१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ असोज १ शनिबार ०६:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजरायलको कामदार भर्ना नीति परिवर्तन नेपाली कामदार लैजान ढिलाइ

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ असोज १ शनिबार ०६:३१:००

इजरायलले विदेशी कामदार भर्ना प्रक्रिया परिवर्तन गरेपछि नेपाली कामदार लैजाने प्रक्रियामा ढिलाइभएको छ । निःशुल्क रहेको विदेशी कामदार प्रक्रियालाई इजरायलले परिवर्तन गरी सशुल्क बनाएको छ । नीति परिवर्तन गरी सशुल्क बनाएपछि इजरायलका रोजगारदाताको मनस्थिति परिवर्तन हुन सक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता डा. थानेश्वर भुसालले बताए । तर, यो नीति इजरायलको आन्तरिक समस्या भएकाले नेपालबाट लैजाने कामदारको हकमा असर नपर्ने उनको भनाइ छ । 

इजरायलले नेपालबाट केयरगिभरका लागि एक हजार एक सय ७५ जना कामदार लैजान दुवै मुलुकबीच सहमति भएको छ । इजरायलले सुरुवातमा एक हजार केयरगिभर लैजाने भने पनि पछि भने छनोट भएका एक हजार एक सय पाँचजना नै लैजाने मौखिक सहमति जनाएको मन्त्रालयले बताएको छ । हालसम्म इजरायलले एक हजारभन्दा बढी कामदार इजरायल लगिसकेको छ । बाँकी कामदारको हकमा भने भिसा जारी हुन केही ढिलाइ भएको छ ।

  सम्झौता रद्द हुनेको पुनः प्रक्रिया
इजरायल रोजगारीका लागि छनोट भएकामध्ये पाँचजना कामदारको भिसारद्द भएको छ भने ३६ जनाको सम्झौता नै रद्द भएको छ । रद्द भएका कामदारकोआवेदन प्रक्रिया पुनः सुरु हुने श्रम मन्त्रालयले जनाएको छ । भिसा आएर पनिरद्द भएका कामदारको विषयमा भने नेपाल सरकारले केही गर्न नसक्ने मन्त्रालयले जनाएको छ । यस्ता कामदारको पुनः कागजपत्र परीक्षण गरिनेछ ।तर, सम्झौता नै रद्द भएका ३६ कामदारको हकमा भने अर्को रोजगारदातासँग सम्झौता हुने मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव डा.भुसालले बताए ।

श्रम मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसाल भन्छन्‘नीति परिवर्तन गरी सशुल्क बनाएपछि इजरायलका रोजगारदाताको मनस्थिति परिवर्तन भएको हुन सक्छ । तर, यो नीति इजरायलको आन्तरिक समस्या भएकाले नेपालबाट लैजाने कामदारको हकमा असर पर्दैन ।’

इजरायलले केयरगिभरबाहेक, निर्माण उत्पादन तथा कृषि क्षेत्रका लागि नेपाल सरकारसँग थप कामदारको माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । तर, अहिलेजस्तै गरी परीक्षा लिएर तत्काल नेपाल सरकारले कामदार पठाउन नसक्ने इजरायल सरकारलाई जानकारी गराइएको मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव डा.भुसालले बताए । ‘इजरायल सरकारले कामदारको माग त गरेको छ । तर, अव दसैँ–तिहार र निर्वाचन पनि नजिक आउँदै छ । यस्तो अवस्थामा यसरी परीक्षा लिएर पठाउन त मुस्किल छ,’ उनले भने । 

 छनोट भएका कामदार पीडामा
  इजरायल रोजगारी प्रक्रियामा ढिलाइ हुँदा केयरगिभरका लागि छनोट भएका कामदार पीडामा परेका छन् । छनोट भएर पनि वर्ष दिनदेखिइजरायल जान नपाएपछि कामदार आर्थिक, मानसिक र सामाजिक तनावमा परेको छनोट भएकी एक कामदारले बताइन् । नेपालमा नै मासिक ४० हजार कमाइरहेकी उनले इजरायलका लागि भिसा आउन थालेपछि राजीनामा दिइन् । तर, वर्ष दिनसम्म पनि इजरायल जान नपाउँदा आर्थिक, मानसिक र सामाजिक तनाव खेप्नुपरेको उनले गुनासो गरिन् । ‘घरबाहिर निस्कियो, तिमी कहिले जाने इजरायल भनेर सोध्छन् । आफन्त र साथीहरूलाई जवाफ दिँदादिँदा हैरान भइसकेँ,’ उनले गुनासो गरिन् ।

त्यति मात्रै होइन, हुँदाखाँदाको जागिर छाडियो, अहिले घरमा बस्दाबस्दा भएको पैसा पनि खाएर सकिएको उनले गुनासो गरिन् । ‘इजरायल जाने भनेर ओरिएन्टेसन तालिम पनि दियो । यति भएपछि त जाने पक्का भयो भनेर जागिर छाडेँ । अहिले विभागमा भन्ने हो भने किन जागिर छाडेको भन्नुहुन्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त अब जान पाइँदैन कि जस्तो लाग्छ । सबै गइसके अब हामी केही साथी मात्रै बाँकी छौँ । मनमा न खुसी छ, न आनन्द । सबैलाई चाडबाड लाग्यो, हामीलाई त औँसी न पूर्णिमा भएको छ ।’