मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले गरे नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार १३:५३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा उनले नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरेका हुन्।

सरकारले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँमा बनाइएको ट्रफी लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा आफूसँग राख्न पाउनेछ। नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ।

ट्रफी आज सुदूरपश्चिम पठाइने र शनिबार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गरिनेछ। असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते बागमती प्रदेश हेटौँडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे सर्वाजनिक गरिनेछ।

त्यसैगरी, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ। गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्‍याइने बताइएको छ।