मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार १०:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार १०:०९:००

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको पशु स्वास्थ्य सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. ०७७/७८ पेस गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन ०७७/७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन ०७७/७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन ०७७/७८, सर्वोच्च अदालत/२०७७ न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष ०७८ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।