मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार ०८:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिस र आर्मी फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार ०८:०२:००

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल आज हुनेछ । एनआरएनए स्पाोर्टस् एकेडेमीलाई १३ रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गर्‍यो ।

आउट फिल्ड ओसिलो हुँदा निर्धारित समयमा खेल हुन सकेन र खेल ८ ओभरमा छोट्याइएको थियो । १ सय ११ रनको विशाल लक्ष्य पछ्याएको एनआरएनए आठ ओभरमा ३ विकेट गुमाउँदै ९७ रनमा समेटियो । आक्रामक ब्याटिङ गरेका एनआरएनएका कप्तान सुनम गौतमले २५ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै, सागर पुनले ३७ रनको योगदान गरे । सुनम र सागरले ८३ रनको साझेदारी गरे । पुलिसका योगेन्द्रसिंह ऐरीले दुई र पवन सराफले एक विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनायो । पुलिसका आरिफ शेखले ३६ रन बनाए । यसबाहेक कप्तान दीपेद्रसिंह ऐरीले २५ रन बनाए ।  करण केसीले १८ र कुशल भुर्तेलले १२ रन जोडे । एनआरएनएका लागि दिवस गिरीले दुई विकेट लिए ।  एनआरएनए ४ खेलमा एक जित र तीन खेलमा अंक बाढ्दै समूह ‘बी’ को विजेता बनेको थियो । पुलिस ५ खेलबाट दुई जित, एक हार र दुई खेलमा अंक बाँड्दै समूह ‘ए’ को उपविजेता बनेको थियो । 

सेमिफाइनल नखेली फाइनलमा
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच बिहान साढे ९ बजे पहिलो सेमिफाइनल खेल हुने तालिका थियो । तर, बुधबार रातिको वर्षाका कारण खेल निर्धारित समयमा हुन सकेन । आउट फिल्ड भिजेपछि दुईपटक समय परिवर्तन गरियो । आयोजक टिम ओभर घटाएर खेल गराउने तयारीमा पुग्यो । तर, मैदान खेल्न लायक भएन । प्रतियोगिताको नियमअनुसार समूह विजेता भएको आर्मी सेमिफाइनलमा पुग्ने टुंगो लाग्यो । यो निर्णयसँगै आर्मी मैदान नै प्रवेश नगरी फाइनल पुग्न सफल भयो । उपाधि दाबेदार मानिएको बागमती प्रदेश र एपिएफ क्लब वर्षाकै कारण कुनै खेल नखेली प्रतियोगिताबाट बाहिरिएका थिए ।