मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुटपाथ व्यवसायीले बुझाए काठमाडौं महानगरलाई ज्ञापन-पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार १७:५९:००

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापन-पत्र बुझाएको छ। बिहीबार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापन-पत्र बुझाएका हुन्।

महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापन-पत्र बुझाउने भनेर समय माग गरे पनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई उनीहरूले ज्ञापन-पत्र बुझाएका छन्। व्यवसायीहरूको ज्ञापन-पत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताए। उनले व्यवसायीहरूको जवाफ आफूले दिन नसक्ने उल्लेख गरे।

त्यस्तै, संघको बागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरूलाई गरेको अमानवीय व्यवहारको भर्त्सना गरे। सडकमा व्यापार व्यवसाय गरेर स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको उनको आरोप छ। उनले स्थानीय सरकार सबै जनताको अभिभावक भए पनि सरकार लुटेराजस्तो भएको भन्दै व्यवसायीहरूसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको बताए।