१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल श्रीलंकाजस्तो हुँदैन, १० वर्षमा दक्षिण एसियाकै सम्पन्न मुलुक : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार १६:३५:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई १० वर्षभित्र नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री कार्कीले आगामी निर्वाचनमा जनतालाई मत माग्ने र मत दिने मेसिनको रूपमा मात्रै नलिई आफूहरूले १० वर्षभित्रमा कमसेकम नेपाललाई दक्षिण एसियाको सम्पन्न मुलुकको रूपमा चिनाउने अभियानको रूपमा अघि बढाउने बताए। बिहीबार ललितपुरमा आयोजित ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’को शुभारम्भ गर्दै उनले नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो हुनै नसक्ने दाबीसमेत गरे।

केहीले मुलुकको अर्थतन्त्र श्रीलंकाको हालतमा अघि बढेको भन्दै भ्रम सिर्जना गरिरहेको भन्दै उनले त्यस्तो हुनै नसक्ने बताए। मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने कुरामा सरकार जानकार रहेको पटकपटक दोहोर्‍याए।

उनले भने, ‘सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छ। निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि नबढीकन मुलुकलाई समृद्ध गराउने जुन हामी सबैको अभिलाषा छ, त्यो अभिलाषा पूरा हुन सक्दैन भन्ने कुरामा म पूर्ण रूपले जानकार छु।’