१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ भदौ ३० बिहीबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका तीन संघीय सिट बाँडफाँडमा सहमति, कांग्रेसले दुई र माओवादीले एक पाउने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ भदौ ३० बिहीबार १५:२९:००

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनका पाँच दलबीच सिट बाँडफाँडमा सहमति जुटेको छ।

तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र)ले एक र नेपाली कांग्रेसले दुई क्षेत्र पाउने सहमति भएको छ। माओवादी केन्द्रले क्षेत्र नम्बर १ तथा कांग्रेसले क्षेत्र नम्बर २ र ३ पाउने सहमति भएको नेताहरूले बताएका छन्।

माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री विना मगरलाई एकल सिफारिस गरेको छ। उक्त निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादी नेतृ मगर संघीय चुनाव लड्ने निश्चित भएको छ।

यता, कांग्रेसबाट क्षेत्र नम्बर २ मा तीन र क्षेत्र नम्बर ३ मा दुई नेता सिफारिस भएका छन्। क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका एनपी साउद, निवर्तमान जिल्ला सभापति हरिप्रसाद बोहरा र नेता प्रेम बलायर तथा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री रमेश लेखक र गणेश सिंह नेगी सिफारिस भएका छन्। क्षेत्र २ बाट साउद र ३ बाट लेखकले टिकट पाउने पक्कापक्की भएको नेताहरुले बताएका छन्। 

संघका तीन सिट बाँडफाँडमा सहमति गरेको गठबन्धनले प्रदेशका ६ सिटसमेत टुंग्याउन तयारी गरेको छ। प्रदेशमा एकीकृत समाजवादीले दुई, माओवादीले चार र कांग्रेसले पाँच प्रादेशिक निर्वाचन क्षेत्रमा दाबी गरेका छन्।