मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रेम गौतम काठमाडाैं
अनिल यादव काठमाडाैं
२०७९ भदौ ३० बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादीमा मधेस प्रदेशबाट अझै आएन सिफारिस, शनिबार टुंगो लगाउने तयारी

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
अनिल यादव, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार १०:५८:००

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने र सिनियरलाई समेट्ने माओवादी नीति

माओवादीको बुधबार बसेको पदाधिकारी बैठकमा समानुपातिकको सूची तयार गर्नेबारे छलफल सुरु भएको छ । बिहीबारसम्म सिफारिस गरिसक्न अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।

मधेसबाहेक अन्य प्रदेशबाट उम्मेदवारको सिफारिस भइसकेको माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । उनका अनुसार बिहीबारसम्ममा मधेसले पनि उम्मेदवारको नामावली पठाउनेछ । शनिबार बैठक बसेर उम्मेदवारको सूची तयार पार्ने र आइतबार निर्वाचन आयोगमा बुझाउने तयारी रहेको उनको भनाइ छ । 

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने र सिनियरलाई समेट्ने माओवादी नीति छ । ‘समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने भन्ने छ,’ उपमहासचिव शक्ति बस्नेतले भने, ‘क्लस्टर मिलाएर सूची तयार पार्छाैँ । सिनियर, अवसर नपाएकाहरूलाई समेट्ने तयारी छ ।’

बुधबारको बैठकमा प्रचण्डले सबै क्लस्टर समेटेर समानुपातिक सूची तयार पार्नुपर्ने भन्दै बिहीबारसम्म नाम सिफारिस गरिसक्न निर्देशन दिएको बस्नेतले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘क्लस्टर मिलाएर समानुपातिकको सूची तयार पार्नुपर्नेछ । समानुपातिक समावेशी सिद्धान्तको जन्मदाता नै हामी हौँ । सोहीअनुसार उम्मेदवारको सूची तयार पार्नु छ । त्यसकारण अब ढिला नगरी काम थालिहालौँ ।’