मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ ३० बिहीबार ०८:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुंगाखानीको पहिरोले घर पुरिँदा एकै घरका तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ भदौ ३० बिहीबार ०८:४९:००

काभ्रेको बेथानचोक गाउँपालिका– ४ चलाल गणेस्थानस्थित ढुंगाखानीको पहिरोले घर पुँरिदा तीनजनाको मृत्यु भएको छ ।  गएराति  १ बजेको समयमा पहिरोले घर पुरिँदा  आमा र दुई छोराछोरीको मृत्यु भएको  हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार पहिरोले पुरिँदा ४४ वर्षीय नीरबहादुर तामाङ, ४० वर्षीया सावित्री तामाङ र ६५ वर्षीया ठूलीमाया तामाङको मृत्यु भएको हो । मृतक नीरबहादुर र सावित्री ठूलीमायाका छोरा र  छोरी हुन् । नीरबहादुर र सावित्रीको घटनास्थलमै मृत्यु भएको हो  भने ठूलीमायाकाे  उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् ।

स्थानीयका अनुसार मृतक नीरबहादुरले नजिकै रहेको चलाल गणेस्थान रोडाढुंगा उद्योगको सहयोगमा खानी सुरु गरेका थिए । स्थानीयका अनुसार बाख्रालगायत पशुचौपाय पनि पुरिएका छन् । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी कार्य गरिरहेको छ ।