१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०८:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले नाम लिएका कानुन व्यवसायीलाई स्पष्टीकरण सोधिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३० बिहीबार ०८:२८:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छानबिन गर्न गठित सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

१ बजे बस्ने आजको बैठकमा बुधबार जबराले नाम लिएका बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरू पनि सहभागी हुनेछन् । त्यसका लागि महाभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले नाम संकलन गरेर हिजै पत्राचार गरिसकेको जानकारी दिए । यसअघि समितिले बैठक ८ बजेका लागि डाकेको थियो । तर, न्यायाधीशहरू नआउने भएपछि १ बजेका लागि सारिएको समिति सचिव लक्ष्मी गौतमले बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानुन व्यवसायीहरूलाई स्पष्टीकरणका लागि बोलाएको हो ।