१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २९ बुधबार २१:५५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सहकारीको नेतृत्व विकास गर्न संस्थागत विकास तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २९ बुधबार २१:५५:००

सञ्चालकहरूको क्षमता विकासका निम्ति तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चारदिने संस्थागत विकास तालिम सञ्चालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को प्राविधिक सहयोगमा तरकारी फलफूल साकोसले संस्थागत तालिम दिएको हो । 

सहकारी संस्था सञ्चालनमा सञ्चालकहरूको क्षमता विकास, कार्यालय सञ्चालन व्यवस्था, सुशासन, बित्तीय विश्लेषण, संस्थाको मिसन, भिजनसहितको रणनीतिक योजना निर्माणजस्ता विषयमा तालिममा प्रशिक्षण दिइएको सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले जानकारी दिए । 

नेफ्स्कुनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । सहकारीका सचिव हरिकृष्ण धेकेका अनुसार तालिममा सञ्चालक समिति, लेखा सुपरीक्षण समिति र विभिन्न उपसमितिका पदाधिकारी सदस्यहरू, सल्लाहकार र कर्मचारी गरी २० प्रशिक्षार्थी सहभागी थिए ।

२५ देखि २८ भदौसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिममा २८ बुँदे कार्ययोजना पनि तय गरेको छ । व्यवस्थापक विमला पुडासैनीका अनुसार सञ्चालक समितिको आगामी बैठकबाट कार्ययोजना पारित गरी क्यालेन्डर तयार पारिनेछ । 

सहकारी संस्थालाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न तालिम बहुउपयोगी भएको सञ्चालक समिति सदस्य तथा ऋण उपसमितिका संयोजक राजनप्रसाद पराजुलीले जानकारी दिए । 

तालिम समापनको क्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार उज्वल कार्की, भगवानचन्द्र उप्रेती र भरतप्रसाद खतिवडा पनि सहभागी रहेका थिए ।