१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १२:२७:००
Read Time : < 1 मिनेट
प्रदेश

दैलेखको वत्काचौरमा ६ करोडको पार्क निर्माण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १२:२७:००

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ वत्काचौरमा नगर पार्क निर्माण गर्न थालिएको छ । करिब ६ करोडको लागतमा पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।पहिलो चरणमा पार्क निर्माण हुने १० हेक्टर जमिनमा घेराबारा गरिएको मेयर सूर्यबहादुर शाहीले बताए । जसमा गत वर्ष ४० लाख खर्च गरिएको छ । त्यस्तै, यो आर्थिक वर्षमा थप ३५ लाख विनियोजन गरिएको मेयर शाहीले बताए । 

पार्कभित्रै भ्युटावर, फन पार्क, म्युजियमसमेत निर्माण गरिने भएको नगरपालिकाले जनाएको छ । पार्कको डिजाइन तयार भइसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाशविक्रम शाहीले बताए ।