१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार १७:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार १७:२२:००

नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको हो। ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकहरूलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकले जानकारी दिएको छ।

नबिल जेन अल्फा’ एपमार्फत अभिभावकहरूले आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन्। पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रोडक्टले तरलता अभावको वेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताए। उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रूपमा नबिल जेन सुरु गरेको बताए। सिइओ ढुंगानाले बालबालिका सामाजिक सञ्जालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रोडक्टले सहयोग पुग्ने तथा  बालबालिकालाई बचत गर्ने बानी बसाउने दाबी गरे।

त्यस्तै, बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बालबालिकाहरूलाई पनि बचतसँग जोड्नको लागि सहज बनाउन एप सार्वजनिक गरिएको बताए। उनले देशको विकास गर्नको लागि अहिलेदेखि बालबालिकाहरूलाई समेत जिम्मेवार बनाउनुपर्ने बताए। अध्यक्ष पौडेलले अहिलेदेखि नै बालबालिकाहरूलाई बचत गर्ने बानी राख्ने प्रयास बैंकले गरेको बताए। 

बालबालिकाहरूले दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ। यो स्किममार्फत बालबालिकाहरूलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ। नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ।